राष्ट्रिय सभाको बैठक आह्वान, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (बिहीबार)का लागि आह्वान गरिएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आह्वान गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

उक्त सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धि पत्रको ब्यहोरा जानकारी गराउने छन् ।

यसका साथै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा रहेको छ ।

बैठक दिउँसो १ः०१ बजेका लागि बैठक बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्