महिला हिंसा पीडितहरूलाई सहयोग गर्न आग्रह

0
Shares

कालिकोट । घरेलु हिंसा, बलात्कार र यौन दुव्यवाहरवाट पीडित भएका महिला तथा बालिकालाई कानूनी प्रक्रियामा जानका लागि सहयोग गर्न मानव अधिकार रक्षक सञ्जालले इन्सेक कर्णाली प्रदेश कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको छ ।

जिल्ला स्तरिय मानव अधिकार रक्षक सञ्जालको मंगलबार सम्पन्न वैठकले बलात्कारको घटनामा परेका तीन जना बालिका, एक जना महिला र घरेलुहिंसा घटनाका पीडित एक जना महिलालाई कानूनी प्रक्रियामा जानका लागि समस्या भएको भन्दै निवेदन आएकाले इन्सेकलाई आवश्यक सहयोका गरिदिन अनुराध गर्दे सिफारिस गर्ने निर्णय गरेको हो ।

सञ्जालका संयोजक डिल्ली प्रसाद चौलागाईको अध्यक्षतामा वसेको वैठकले जिल्लाका विपन्न दलित वस्तीमा घरेलु हिंसा, जातीय विभेद, बालविवाह लगायतका कुप्रथा र कुसस्कारविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

वैठकमा सहभागी सिफारिस संयन्त्रका संयोजक एवम् नेपाल बार एसोसियसन जिल्ला बार इकाइका अध्यक्ष अमलराज शाही, नेपाल पत्रकार महासंघ कालिकोटका उपध्यक्ष नमराज योगी, सोशेकका गीता वलिले विभिन्न हिंसाबाट पीडित भएका विपन्न महिला बालवालिकाहरुलाई न्यायको पहुँचसम्म पुगाउन इन्सेकले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै धन्यबाद व्याक्त गर्नु भएको थियो ।