आगोमा जलेका बालकको उपचारमा समस्या, आर्थिक सहयोग गरिदिन परिवारको आग्रह



डोटी ।

डोटीको सायल गाउँपालिका–२ भुर्केल्लाका रामबहादुर थापाका छोराको उपचारमा समस्या भएको छ ।

गएको असार महिनामा १४ महिने बालक इशान थापाको आगोमा जलेर शरिरको अधिकांश भाग जलेको थियो ।

आगोले जलेका बालकलाई दश दिन नेपालमा उपचार गर्दा उपचार सम्भव नभएपछि अहिले भारतको नयाँ दिल्लीस्थित श्रीगंगाराम अस्पतालमा उपचार भइरहेको सायलका स्थानीयवासी तथा समावसेवी भक्तबहादुर रोकायाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक अभाबका कारण बालकको उपचारमा समस्या भएको छ । उनको उचारमा हालसम्म दस लाख ६० हजार नेपाली रुपियाँ खर्च भइकेको र फेरी अप्रेशनका लागि ८ लाख ५० हजार भारु रुपियाँ लाग्ने आफन्तले जनाएका छन् ।

आर्थिक अभावका कारण मृत्युवरणको दोसाधमा रहेका ती बालकको जीवन बचाउनका लागि आफन्त तथा परिवारजनले आर्थिक सहयोगका लागि सबैमा आग्रह गरेका छन् ।

बालकका आफन्तले बुवा रामबहादुर थापाको मोवाइल नम्बर ८००९८८३७६६ तथा एचडीएफसी भारतीय बैंकको खाता नम्बर  ४४९०१०००००२६८०१० जानकी खाती राष्ट्रिय बाणिज्य बैंक धनगढी  मा उपचारमका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्