काठमाडौं सिनामंगलमा शंकास्पद वस्तु फेला पर्यो



काठमाडौं । काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ । सिनामंगल पुल छेउमै रहेको खोटाङ हलेसी ज्वलेर्स अगाडि शंकास्पद वस्तु फेला परेको हो ।

काठमाडौंका प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा भेटिएको प्रहरीले बतायो ।

प्रतिक्रिया दिनुहोस्