यी हुन् कांग्रेसमा प्रस्तावित २२ विभाग

0
Shares

काठमाडौँ।

नेपाली कांग्रेसले २२ नयाँ विभागहरू थप्ने भएको छ । ११ महिनापछि बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले नयाँ विभागहरू थप्ने प्रस्ताव गरेका हुन्।

कांग्रेसमा अहिले ४८ वटा विभाग छन्। अब नयाँ २२ वटा विभाग थपेर ७० पुर्याउन लागिएको हो।

काठमाडौं । नेपाली कांग्रेसले २२ नयाँ विभाग थप्ने भएको छ । कांग्रेस महामन्त्री गगनकुमार थापाले सोमबारदेखि काठमाडौंमा सुरु केन्द्रीय कार्यसमितिको बैठकमा २२ नयाँ विभाग थप गर्ने प्रस्ताव पेस गरेका हुन् ।

कांग्रेसको विधानअनुसार यसअघि ४८ विभाग राखिएको थियो । त्यसमा २२ थप गरी ७० विभाग पुर्‍याउन लागिएको हो ।

प्रस्तावित थप विभागहरूमा न्याय तथा मानवअधिकार विभाग, नवीनतम प्रविधि र नवप्रवर्तन समन्वय विभाग, सामाजिक–सांस्कृतिक अभियान विभाग, विकास तथा पूर्वाधार विभाग, सुशासन विभाग, सहकारी विभाग, उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभाग विकास विभाग रहेका छन् ।

त्यस्तै , विपद् व्यवस्थापन विभाग, ऊर्जा तथा जलस्रोत विभाग, युवा तथा किशोर–किशोरी विभाग, भूपू प्रहरी विभाग, ज्येष्ठ नागरिक समन्वय विभाग, जलवायु परिवर्तन र वातावरणी सन्तुलन सरोकार विभाग र पूर्वआप्रवासी समन्वय विभाग थप गर्न लागिएको छ ।