कांग्रेसमा अनुशासन उल्लंघनका २१ सय उजुरी

0
Shares

काठमाडौँ।

नेपाली कांग्रेसको अनुशासन समितिमा २१ सय उजुरी परेका छन् । गत निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध घात, अन्तर्घात, बागी लगायतका घटनामा सो संख्यामा उजुरी परेका हुन् ।

४६ जिल्लाबाट २१ सय उजुरी परेको केन्द्रीय समिति बैठकमा अनुशासन समितिका संयोजक तथा कांग्रेस नेता आनन्द ढुंगानाले बताए । तर ती सवै उजुरीमाथि छानबिन पुरा गर्न बाँकी नै रहेको उनको भनाइ छ।

त्यस्तै उनले ८७ जनालाई कारबाही गरिएको जानकारी समेत दिएका छन् ।