कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको प्रत्यक्ष प्रसारण सञ्चारकर्मीले गर्न नपाउने



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको प्रत्यक्ष प्रसारण सञ्चारकर्मीले गर्न नपाउने भएका छन् ।

आज (मंगलबार) दिउँसो १ बजे बस्ने उक्त समिति बैठकको प्रत्यक्ष प्रसारण पार्टीको आधिकारिक फेसबुक पेजमार्फत हुने कांग्रेस प्रचार प्रसार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

उनका अनुसार मिडिया हाउसलाई लाइभ गर्न दिनेबारे छलफल भए पनि पार्टीकै फेसबुक पेजमार्फत लाइभ गर्दा उपयुक्त हुनेछ ।

बैठकमा मिडियालाई लाइभ गर्न दिने कुरा व्यवहारिक नहुने भएकोले पार्टीको फेसबुक पेजमार्फत लाइभ गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्