काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा स्थानीयको अवरोध कायमै

0
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा स्थानीयले अवारोध गरेका छन् । आज (मंगलबार) बिहानैदेखि स्थानीयले अवरोध गरेका हुन् ।

नुवाकोट र धादिङको सीमामा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा रोक लगाउँदै स्थानीयले अवरोध गरेका हुन् ।

हिजो (सोमबार) काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गुडाईएका गाडी बीच सडकमै रोकेर स्थानीयले आन्दोलन गरेका थिए ।

नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ का स्थानीयवासीले फोहोर बोकेका गाडी अगाडि बढ्न दिएका छैनन् । उनीहरूले सडक नै बन्द गरेर हिजोदेखि आन्दोलन गरिरहेको प्रहरीले जनाएको छ ।