कांग्रेस केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने तयारी

0
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयले उक्त समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने भएको हो । आज (मंगलबार) दिउँसो १ बजे बैठक बस्नेछ ।

बैठक पार्टीको आधिकारिक फेसबुक पेजबाट प्रसारण गर्नका लागि प्राविधिक तयारी थालिएको पार्टी कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिए ।

सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार तयारी थालिएको पौडेलले बताए । झन्डै एक वर्षको अन्तरालमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको छ ।