एकीकृत समाजवादीको सचिवालय बैठक पुनः बस्दै



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक जारी छ ।

गत शुक्रबारदेखि जारी भएको केन्द्रीय सचिवालय बैठक आज पनि बस्न लागेको हो ।

सचिवालयका सदस्यहरुले बोल्नेक्रम बाँकी रहेकाले बैठक आजसम्म लम्बिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार आजको बैठक बिहान ९ बजेदेखि शुरू हुनेछ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा उक्त बैठक बस्नेछ ।

समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रित गरिएको बैठकमा हिजो सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिवद्वय डा विजय पौडेल र डा गंगालाल तुलाधरले आफ्ना धारणा राखेका थिए ।

आजको बैठक अन्य नेताहरुले धारणा राख्ने छन् ।

प्रतिक्रिया दिनुहोस्