चिकित्सकको उमेरहद कानून अनुसार हुनुपर्ने एनएमएको माग



काठमाडौं।

स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रलाई विशेष सम्बोधन गर्नका लागि नेपाल सरकारले स्वास्थ्य सेवा ऐन २०५३ लागू गरी स्वास्थ्य सेवामा प्रवेश गर्न चाहने स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई सोही अनुरुप पदपूर्ति गर्दै आईरहेको छ ।

स्वास्थ्य सेवामा प्रवेश गर्न इच्छुक अधिकृत स्तरका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको उमेर हद स्वास्थ्य सेवा ऐन २०५३ को दफा १२ (ग) मा तोकिए बमोजिम अर्थात ४५ बर्ष सम्म कायम हुनु पर्ने नेपाल चिकित्सक संघ (एनएमए) का महासचिव डा.सन्जिव तिवारीले विज्ञप्ती मार्फत नेपाल सरकार तथा सरोकारवाला निकायमा ध्यानाकर्षण गराइएकोछ ।

विभिन्न प्रदेश सरकारहरुले पदपूर्ति सम्बन्धी सूचना सार्वजनिक गरिरहेकोमा ती पदपूर्ति सम्बन्धी सूचनालाई विद्यमान स्वास्थ्य सेवा ऐन २०५३ को भावना र मर्म बमोजिम सम्बोधन गर्ने गरी अबिलम्ब प्रकाशित बिज्ञापनलाई परिमार्जन गर्न समेत अनुरोध गरेकोछ ।

प्रतिक्रिया दिनुहोस्