माग पुरा नगरेको भन्दै काठमाडौँको फोहोर रोकियो

14
Shares

धादिङ। 

धादिङको धुनीबेसी र नुवाकोटको ककनीका स्थानीयलेकाठमाडौँको फोहर लिएर आएका गाडी बीचमै रोकेका छन् ।

 फोहरको विषयलाई लिएर स्थानीय बासिन्दा फेरि आन्दोलित भएसँगै उनीहरुले काठमाडौँको फोहर लिएर गएका गाडीलाई बिहानैदेखि बीच बाटोमै रोकेका हुन् ।

स्थानीयको माग पूरा नगरेको भन्दै सोमबारदेखि फोहर फाल्न रोकेका हुन् ।

बञ्चरेडाँडाको फोहरबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्तै व्यवस्थापन गर्नुपर्ने, प्रभावित पालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट २ किलोमिटर जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया अघि बढाउनुपर्ने लगायतका माग धुनीबेसी बंचरेडाँडाबासीको छ।

 केही दिनअघि मात्रै ककनी गाउँपालिकाले फोहर बोकेर बञ्चरेडाँडा जाने हरेक ठुला ट्रकबाट १५ सयसम्म प्रवेश शुल्क लिने र साना ट्रकको एक हजार रुपैयाँ लिने निर्णय गरेको थियो । पैसा उठाउने विषयभन्दा पनि स्थानीय बासिन्दाको स्वास्थ्य महत्त्वपूर्ण भएकाले फोहर फाल्न रोकेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताउनुभयो । गाउँबासीको स्वास्थ्यमा ध्यान नदिएको र जनताको विषयलाई वेवास्था गरेको धुनीबेसीनगरपालिकाका प्रमुख ालकृष्ण आचार्यको भनाइ छ  । जनताले माग पुरा नभएपछि फोहोर फल्न रोकोउहाँको तर्क छ ।

 ककनी गाउँपालिका वडा २ र ३ सशस्त्र प्रहरीको बेसक्याम्प नजिक स्थानीयबासिन्दाले फोहरका गाडीलाई रोकेका छन् । नुवाकोटको सिसडोल ल्यान्डफिल्ड भरिएपछि अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन भइरहेको छ । बञ्चरेडाँडा नुवाकोट र धादिङको सीमानामा तथा सिसडोल नुवाकोटमा पर्छ।

 काठमाडौँ महानगरसहित उपत्यकाका १८ वटा पालिकाको फोहर बञ्चरेडाँडा र सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । फोहर प्रभावित क्षेत्रका बासिन्दा र जनप्रतिनिधिले यसअघि विभिन्न ६ बुँदे माग राखेका थिए ।

 अहिले शनिवारबाहेक दैनिक एक सय ७० देखि एक सय ८० ट्रकसम्म फोहर बन्चरेडाँडामा पुग्ने गरेको छ ।