दुइटा न्यारोबडी ग्राउन्डेड भएको घटनामा निगमद्वारा यात्रुसँग क्षमायाचना

0
Shares

काठमाडौं ।  

नेपाल वायुसेवा निगमले विमान ग्राउन्डेड गर्नुपरेकोमा यात्रुसँग क्षमा मागेको छ । चरा ठोक्किएका कारण दुइटा न्यरोबडी विमानलाई ग्राउन्डेड गर्नुपरेपछि निगमले यात्रुसँग क्षमा मागेको हो ।

दुइटा जहाज एकैपटक ग्राउन्डेड हुँदा पूर्वनिर्धारित उडान सुचारु गर्न दुइटा वाइडबी विमान रहेको भन्दै निगमले न्यारोबडी विमानबाट हुनुपर्ने उडानका यात्रुसँग क्षमायाचना गरेको हो ।

सामाजिक सञ्जालमार्फत निगमले जारी गरेको विज्ञप्ती भनिएको छ, ‘यसबाट यात्रु वर्गमा पर्न गएको असुविधाप्रति निगम क्षमाप्रार्थी छ ।’

जहाज अभावका कारण निगमले आइतबार मलेसिया उडान रद्द गरेको थियो  । जसका कारण मलेसिया जाने १५१ र काठमाडौं आउने १०८ जना यात्रु अलपत्र परे ।

 निगमको नाइन नोभेम्बर–अल्फा किलो ह्विस्की जहाज सोमबार बेलुकीबाट उड्ने निगमले जनाएको छ ।