एलओडीका दुई कर्मचारी पक्राउ

0
Shares

काठमाडौं ।

प्रहरीले काठमाडौंको ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिक्स) का दुई कर्मचारीलाई पक्राउ गरेको छ। बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न म्यानेजर सहदेव सेढाईं र काउन्टरमा काम गर्ने सपना ढुंगानालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको घटनापछि प्रहरीले उमेर नपुगेको व्यक्तिलाई क्लबमा प्रवेश गराएको भन्दै अनुसन्धान गरिरहेको छ । यही प्रकरणमा यसअघि एलओडीका सञ्चालक रुदिल बल्लभ श्रेष्ठ र राजुसिंह सुवाल पक्राउ परेका थिए ।

तर घटना भएका बेला क्लबमा उपस्थित नदेखिएको भन्दै उनीहरु बोलाएका बेला उपस्थित हुने गरी छुटेको बताइएको छ ।