बैंकिङ कसुरमा एमाले नेता यादव पक्राउ

0
Shares

काठमाडौं ।

बैंकिङ कसुरको आरोपमा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् । उनलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।

बाउन्स चेक दिएको आरोपमा लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादव पक्राउ परेका हुन् । गत १० माघमा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवलाई दिएको १२ लाख २८ हजार रुपैयाँको चेक बाउन्स भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी जसपाबाट बाँकेको क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका थिए ।