जुवातास खेलिरहेको अवस्थामा शिक्षकसहित ७ जना पक्राउ

0
Shares

धादिङ ।

तास खेलिरहेकाे अवस्थाबाट धादिङबेसीमा ७ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

धादिङबेसीमा जुवा खेलिरहेकाे अवस्थामा शिंला माविका शिक्षक प्रकाश तामाङ सहित ७ जनालाई प्रहरीले पकराउ गरी हिरासतमा लिएकाे जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयाे ।

धादिङबेसिमा जुवाखाल संचालन भईरहेकाे छ भन्ने सुचनाकाे अाधारमा प्रहरीले छापा मारेकाे थियाे ।

पक्राउ परेकाहरुबाट ३ बक तास र ५८ हजार ६ सय ७० रुपैयाँ नगद समेत प्रहरीले बरामद गरेकाे छ ।

पक्राउ गरिएकाहरुलाई जुवा सम्बन्धि मुद्दामा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले आइतबार अनुमति दिएकाे छ ।