के–फाउण्डेसन ग्लोअबल र निसर्ग वाटिका स्कुलद्वारा ‘स्नेहा आश्रम’ लाई कपडा वितरण

98
Shares

काठमाडौं । 

के–फाउण्डेसन ग्लोअबल र निसर्ग वाटिका स्कुलद्वारा ‘स्नेहा आश्रम’ लाई कपडा वितरण गरिएको छ । हिजो (शनिबार) के–फाउण्डेसन ग्लोअबल र निसर्ग वाटिका स्कुलका प्रतिनिधि मूलपानीस्थित ‘स्नेहा आश्रम’ मा पुगी कपडा वितरण गरेको हो ।

‘स्नेहा आश्रम’ लाई कपडा वितरण गर्नुका साथै ‘स्नेहा आश्रम’ का बालबालिकाहरुलाई ‘गोर्खाली टक्मा’ नामक ब्यान्डले गीत गाएर मनोरञ्जन गराएका के–फाउण्डेसन ग्लोअबल (नेपाल) का अध्यक्ष उज्ज्वल कोइरालाले जानकारी दिए ।

कोइरालाले निसर्ग वाटिका स्कुलसँगको सहकार्यमा कपडा वितरण गर्न पाएको निसर्ग वाटिका स्कुललाई धन्यवाद दिनुका साथै आगामी दिनहरुमा पनि यस्तै सहकार्यका साथ काम गर्ने बताए ।

स्नेहा आश्रम कलाकार सुलेमान शंकर ‘इकु’ ले सञ्चालनमा ल्याएका हुन् । जसमा १६ जना अनाथ बालबालिका रहेका छन् ।