काठमाडौंमा ‘फेसन डिजाइनर सेन्टर नेपाल’ को स्थापना

0
Shares

काठमाडौं ।

फेसन डिजाइनमा लागेकाहरूको हक, हित तथा पेसालाई समृद्ध बनाउन फेसनड डिजाइनर सेन्टर नेपालु को स्थापना भएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा नव गठित समिति राजेश धाख्वालाई अध्यक्ष बनाइएको छ । उपाध्यक्ष सरिता तुलाधर, महासचिव मुक्ता श्रेष्ठ,कोषाध्यक्ष अनु श्रेष्ठ, सदस्य मिशु श्रेष्ठ, सुष्मा सिंह, मनिश राई तथा बिनि बज्राचार्य छन् ।

देशको आर्थिक उन्नती तथा समृद्धिका लागि फेसन डिजाइनर सेन्टर नेपाल मेरूदण्डका रूपमा अध्यक्ष धाख्वाले बताएका छन् ।

फेसन उद्योग, फेसन व्यापार, फेसन शिक्षा तथा प्रविधि लगायत समयसापेक्ष रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा आवश्यकीय भूमिका निर्वाह गर्ने उनले बताए । एउटै छानामुनि समेटी फेसन डिजाइनर उद्योगलाई अझ बढी सशक्त रूपमा लैजाने उनको भनाइ छ । यस संस्थामा आबद्ध सम्पूर्ण व्यवसायी संस्थाहरू, सम्बन्धित विशेषज्ञ तथा व्यक्तित्वहरूको हक, हित र अधिकारको संरक्षण गरिन्छ, धाख्वाले भने ।

त्यसैगरी, महासचिव मुक्ता श्रेष्ठले यश संस्थाले गरिने क्रियाकलापको बारेमा जानकारी दिइन् । संस्थाको समीक्षा गर्दै उपाध्यक्ष सरिता तुलाधरले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत व्यावसायिक आबद्धता रहने बताइन् । सचिव रमिला नेमकुलले फेसन उद्योगले नेपाली समाज र संस्कृतिलाई जोड्ने बताइन् ।