करेन्ट लागेर एक जनाको मृत्यु

0
Shares

रौतहट ।

रौतहटको परोहा नगरपालिकामा करेन्ट लागेर आज एक वृद्धको मृत्यु भएको छ । धान खेतमा विद्युतीय मोटरबाट पानी सिँचाइ गर्ने क्रममा परोहा–४ लौकाहाका ७० वर्षीय शेख तैयवको करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर खेतमै घाइते तैयवलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।