रोशी गाउँपालिकाको स्वास्थ्य शिविरमा ६ जनाको प्लास्टिक सर्जरी 



काभ्रे।

जिल्लाको  रोशी गाउँपालिकामा दुईदिने बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोशी गाउँपालिकाको आयोजना तथा सिंगापुर रेडक्रसको र प्रारम्भ नेपालको प्राविधिक सहयोगमा मंगलटार स्वास्थ्य केन्द्रमा बिहीबारदेखि सुरु भएको दुईदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।

शिविर जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाचोकको समन्वयमा भएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी गराउनुभयो ।   शिविरको रोशी गाउँपालिकाले जनस्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखी ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य बीमा गर्नुका साथै आँखा उपचारका लागि रेयुकाई आँखा अस्पताल बनेपासँग सहकार्य गरिएको र अपांगता भएका बालबालिकाका लागि बनेपाको एचआरडीसी अस्पतालसँग समन्वय गरिएको जानकारी उहाँले गराउनुभयो ।

उहाँले खानेपानीलाई पनि उत्तिकै प्राथमिकतामा राखी ५ वटा परियोजना पुरा गरि ४ सय घरधुरीलाई सुद्ध पिउने पानी पुर्याएको जानकारी गराउनुभयो ।
स्वास्थ्य शिविरमा स्त्रीरोग, हाडजोर्नी, अकुपंचर, प्लास्टिक सर्जरी, जनरल फिजिसियन एवं मुटुरोग विशेषज्ञद्धारा स्वास्थ्य परिक्षण गरिएको सिंगापुर रेडक्रस सोसाईटी नेपाल प्रतिनिधि कल्पना क्षेत्रीले जानकारी गराउनुभयो ।

कार्यक्रममा सिंगापुर रेडक्रसको चिकित्सकीय टोली, नेपाल प्रतिनिधि कल्पना क्षेत्री, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष तथा शिविरको संयोजक बद्रीराज तिमल्सिना,  रोशी गाउँपालिकाका उपाध्यक्ष मीम बहादुर वाईवा, प्रशासकीय अधिकृत रामबहादुर तामाङ, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा.पुरुषोत्तम सेढाई, वडा ७ का अध्यक्ष अशोक गौतम, रोशी गाउपालिका स्वास्थ्य शाखाका प्रमुख गंगालाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
शिविरमा हाडजोर्नीका बिरामी धेरै आएको मंगलटार स्वास्थ्य चौकीका प्रमुख निरा बरालले जानकारी गराउनुभयो ।

शिविरमा विभिन्न सेवा लिनेमा ७ सय ७८ जना रहेका छन् । ६ जना युवाले आगोले पोलेको, बिभिन्न दुर्घटनाका कारण अनुहार तथा शरिरमा भएको चोटको दाग हटाउँन डा.सुरेन्द्रजंग बस्नेत र सिंगापुर रेडक्रसका प्लास्टिक सर्जनद्धारा निःशुल्क प्लास्टिक सर्जरी सेवा लिएका थिए ।

उक्त शिविरमा बिरामीका लागि आवश्यक पर्ने औषधी  सर्जरी सम्मको सेवा उपलब्ध गराईएको थियो । बिहीबार  र शुक्रवार दुई दिन संचालित शिविरका सिंगापुर रेडक्रसका विशेषज्ञ चिकित्सकका साथ नेपालका विशेषज्ञ चिकित्सकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्