गुनासो र सुझाव सम्बोधन गर्ने धुनिबेसी नगरपालिकाको प्रतिवद्धता

0
Shares

धादिङ ।

धादिङको धुनिवेशी नगरपालिकाले नगरपालिकाको कार्यालयले प्रवाह गरिरहेको सेवाको बारेमा सार्वजनिक सुनुवाई गरेको छ ।
आर्थिक वर्ष २०७९-०८० मा सम्पन्न भएका कामकारबाही र सेवा प्रवाहका गतिविधिका बारेमा नागरिकहरुलाई कार्यालय परिसरमा गुनासो, प्रतिक्रिया र सुझाव संकलन गर्ने कार्यक्रम सार्वजनिक सुनुवाइ गरेको हो ।

धुनिवेसी नगरपालिका कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा उठेका सवाल र जिज्ञासाको नगरपालिका प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख सुरज उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अच्युतराज रेगमी र विषयगत शाखाका प्रमुखहरुले जवाफ दिएका थिए । सहभागीहरुले शिक्षा, स्वास्थ्य र कृषि भेटेनरी सेवाका बारेमा बढी प्रश्न र जिज्ञासा उठाएका थिए । उठेका जिज्ञासा र प्रश्नहरुको जवाफ दिदै नगरपालिका प्रमुख आचार्यले नगरपालिकाबाट प्रवाह भएको सेवाको बारेमा समस्या, गुनासा निर्धक्क राख्न र कमजोरी देखिएमा सच्याउनको लागि खबरदारी गर्न पनि आग्रह गर्नुभयो ।

राजमार्ग क्षेत्रका जनताको ७ वर्षदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा रोका राखेको, धुनिबेसिको मालपोत र तिरो तिर्न केही जनता मकवानपुर जानू परेको, लम्की स्किन, शिक्षाको गुणस्तर सुधार गर्ने योजना, वातावरण संरक्षण, तथा युनाईटेड सिमेन्टले स्थानियमा पारेको नकारात्मक प्रभाव कम गर्न नगरपालिकाले कार्य योजना ल्याउन आग्रह गरिएको छ ।गुनासो सम्बोधनकै क्रममा प्रमुख आचार्यले प्रदेश सरकारले सञ्चालन गरेका कार्यक्रम तथा योजनाका बारेमा धेरै गुनासो आएको तथा हामीले अनुगमन गर्न नपाउने भएका कारण राम्रो काम नएको बताउनुभएको छ ।

कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि,पशु बीमा, खानेपानी, लक्षित वर्गको कार्यक्रम र बजेट लगायतका विषयमा गुनासो राखेका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकहरुले नगरपालिकाबाट लिएको सेवा बारेमा बहिर्गमन अभिमत, र नगरपालिकाको नियमित सेवा प्रवाह, शुसासन, सुचना तथा विस्वसनियताका बारेमा नागरिक प्रतिवेदनपत्र मार्फत समेत सुझाव र गुनासोहरु गरेका थिए । नागरिकहरुको सन्तुस्टिको मापन गर्दा अनियमितता र असन्तुष्टि लाई नगरपालिकाको वर्तमान अवस्थाको आधारमा क्षमता अनुसार सुधार गर्ने प्रतिवद्धता समेत नगरपालिका प्रमुख आचार्यले गर्नुभयो ।