ललितानिवासको जग्गा बेच्नेलाई पनि कारबाही होस् : सांसद खतिवडा

0
Shares

काठमाडौँ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ललितानिवासको सरकारी जग्गा किन्नेलाई मात्र नभएर जग्गा बेच्नेलाई पनि कारबाही गर्नुपर्ने माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले ललितानिवासको सरकारी जग्गा किन्नेलाई मात्र नभएर जग्गा बेच्नेलाई पनि कारबाही गर्नुपर्ने माग गरेका हुन्।

ललितानिवास जग्गा प्रकरणका ठूला माछाहरु पनि कारबाहीमा पर्नुपर्ने उनको माग छ ।

‘बालुवाटार जग्गा प्रकरणमा व्यापारीहरु र केही साना कर्मचारीहरुलाई मात्रै सरकारले ध्यान दिएको देखिन्छ’, उनले भने, ‘त्यहाँका ठूला माछाहरुलाई कारबाही होस् । व्यापारीहरुलाई मात्रै होइन, किन्नेलाई मात्रै होइन । सरकारको राजश्व तिरेर किन्ने तिनीहरुलाई कारबाही गर्ने व्यवस्थापन गरेर जग्गा बिक्री गर्ने मुलहरु को हुन् ? तिनीहरुलाई कारबाही व्यवस्था गरोस् ।’