भारतमा चोरी गरेर आइरहेका तीन नेपाली प्रहरीको फन्दामा

0
Shares

धनगढी ।

कैलालीको टीकापुर नजिकैको नाकाबाट भारतमा चोरी गरेर आइरहेका नेपालीहरु प्रहरीको फन्दामा परेका छन्। बिहीबार भारतबाट नगद रकम र ठूलो मात्रामा सुन चोरी गरेर नेपालतर्फ घर फर्किने बेलामा तीन जना नेपाली पक्राउ परेका हुन्।

भारतीय प्रहरीले उनीहरुलाई ३ करोड भारतीय रुपैयाँ र १५ किलो जति सुनसहित नाकाबाटै समातेको हो। भारतीय प्रहरी स्रोतका अनुसार उनीहरुलाई तिकुनियाँबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा टीकापुर नगरपालिका-८ का शंकर साउँद, उनकी पत्नी र बर्दियाका एक अर्का युवक रहेको खुलेको छ। उनीहरु तीनैजना तिकुनियाँको बसपार्कबाट पक्राउ परेका थिए।

भारतमा मजदुरी गर्दै आएका उनीहरुले त्यहाँ लुट मच्चाएर नेपाल भाग्न लागेको बताइएको छ। यता, कैलालीको सशस्त्र प्रहरीले पनि यसबारे भारतीय प्रहरीबाट जानकारी लिइरहेको र विस्तृत विवरण खुल्ने क्रममा रहेको बताएको छ।