राष्ट्रिय सभाको बैठक आह्वान

0
Shares

काठमाडौं । बिहीबार राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आह्वान गरिएको हो ।

हिजो (बुधबार) स्थगित भएको बैठक आजका लागि आह्वान गरिएको हो । संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० पारित गरिने भएको छ ।

जसअनुसार आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ सबन्धित मन्त्रीहरूले दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौतीसबन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ ।

त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बिनियोजन विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्यतालिकामा उल्लेख छ ।