सातै प्रदेशमा विपद् व्यवस्थापनका लागि प्रहरी तैनाथ : गोताखोर, मोटरबोट र हेभि इक्युपमेन्टसमेत परिचालन

0
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले हुनसक्ने सम्भावित मनसुनजन्य क्षति न्यूनीकरण र उद्धारका लागि जनशक्ति तथा उपकरण तयारी हालतमा राखेको छ ।
जसअन्तर्गत डोजर, लोडर गरि १३ वटा हेभि इक्यूपमेन्टलाई प्रधान कार्यालयसहित कोशि स्थित नं. १ बराह बाहिनी सुनसरी, नं. ६ महेश्वरी बाहिनी सुर्खेत, नं. ७ बैद्यनाथ बाहिनी कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. २० विपद् उद्धार उपत्यका गण काठमाडौं र नं. २४ कालिका गण कास्कीमा तयारी हालतमा राखिएको सशस्त्र प्रहरी बलका सह–प्रबक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाले बताए  ।
कोशी प्रदेशको सुनसरीदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म गरी ३१ जिल्लाको ४४ वटा सशस्त्र प्रहरी बल नेपालको युनिटहरूमा १ सय ७ वटा मोटरबोट र्र याफ्टबाोट तथा १४ जिल्लाका १७ वटा सशस्त्र प्रहरी बल नेपालका युनिटहरुमा ३३ वटा डिजास्टर रिलिफ सिस्टम (डिआरएस) कन्टेनरहरूसमेत तयारी हालतमा राखिएको छ ।
त्यस्तै ८ वटा विपद् सामूहिक उद्धार एम्बुलेन्स तथा जनशक्तिसहित नं. १ बराह बाहिनी सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी कास्की, नं. ५ विन्ध्यावासिनी रुपन्देही, नं. ६ महेश्वरी बाहिनी सुर्खेत, नं. ७ बैद्यनाथ बाहिनी कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २० विपद् उद्धार उपत्यका गण काठमाडौंमा तयारी हालतमा राखेको छ ।
डिएसपी थापाका अनुसार  ए क्लासका ८ वटा एम्बुलेन्स नं. १ बराह बाहिनी सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी कास्की, नं. ६ महेश्वरी बाहिनी सुर्खेत, नं. ७ बैद्यनाथ बाहिनी कैलाली, नेपाल एपीएफ अस्पताल बलम्बु, क्षेत्रीय अस्पताल बाँके र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा तयारी हालतमा राखिएको छ ।
सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापन तालिम प्राप्त गोताखोर आवश्यक उपकरणसहित सातैवटा प्रदेशमा रहेका सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरू, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २० विपद् उद्धार उपत्यका गण काठमाडौंमा परिचालित रहेको समेत उनले बताए  ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपालका सातैवटा प्रदेशमा रहेका बाहिनी मुख्यालयहरू, नं. ९ पशुपतिनाथ बाहिनी काठमाडौं, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. २० विपद् उद्धार उपत्यका गण काठमाडौं, रेस्क्यु टावर फेवाताल कास्की र रेस्क्यु टावर नारायणी नदि किनार चितवन, विपद् व्यवस्थापन वेशहरु मुलघाट धनकुटा, निजगढ बारा, आदमघाट धादिङ, बेनी म्याग्दी, भालुवाङ्ग दाङ्ग, चिप्ले सुर्खेत र अमरगढी डडेलधुरामा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन टोली आवश्यक उपकरणसहित खटिएको छ ।
मनसुनजन्य क्षति न्यूनिकरण र उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले सात वटै बाहिनी मुख्यालयहरुमा एकरएक प्लाटुन, नं। ९ पशुपतिनाथ बाहिनीमा एक प्लाटुन, १० वटा शिक्षालयमा एकरएक प्लाटुन, सम्पूर्ण गणहरुमा एकरएक प्लाटुन तथा गुल्म र अन्य युनिटहरुमा एकरएक सेक्सन आवश्यक सामाग्री सहित तयारी हालतमा राखिएको छ ।
साथै बाढिका कारण पानीका स्रोतहरूमा क्षति भएमा तत्काल खानेपानी व्यवस्थापनको लागि उपत्यकामा ७, कास्कीमा २, बर्दघाटमा १, बाँकेमा र कैलालीमा एकरएक गरी १२ वटा स्थानमा डिप ट्यूवेलसहित सशस्त्र प्रहरीको टोली तयारी हालतमा रहेको छ ।
सशस्त्र प्रहरी बल खराब मौसम, अप्ठ्यारो ठाउँ र २४ सै घन्टा उद्धार र राहतमा जुट्न तयार छ । अप्ठेरो पर्दा निःशुल्क रूपमा संगठनको हटलाइन नम्ब १११४ मा फोन गर्न तथा आफू नजिकको युनिटमा खबर गर्न  सकिने समेत डिएसपी थापाको भनाइ छ ।