काँक्रेविहार जंगलमा जरायो मारेको आरोपमा पाँच जना प्रहरीको नियन्त्रणमा

0
Shares

सुर्खेत ।

सुर्खेत काँक्रेविहार संरक्षित जंगलमा क्षेत्रभित्र जरायो मारेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जरायो मारेर मासु भागवण्डा गरिरहेको अवस्थामा वीरेन्द्रनगरको नयाँ गाउँ भन्ने स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

जरायो मारेको गोप्य सूचनाको आधारमा प्रहरी बिहान साढे ३ बजेतिर घटनास्थलमा पुगेको थियो । घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता देखिएकाले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छैन । काँक्रेविहार एक पर्यटकीय क्षेत्रका साथै संरक्षित जंगलमा पनि हो ।