व्यवसायीलाई श्रेष्ठले घर भाडामा पचास प्रतिशत छुट दिने घोषणा

0
Shares

बुटवल  । 

रुपन्देहीको देवदहका युवा व्यवसायी ईश्वर श्रेष्ठले घर भाडामा पचास प्रतिशत छुट दिने घोषणा गर्नु भएको छ । आफना १२ वटा सटरहरू भाडामा दिएका श्रेष्ठले  प्रति सटर ६ हजार देखि ८ हजारसम्ममा भाडामा लगाएका थिए ।

श्रेष्ठले हरेक सटरको ५० प्रतिशतका दरले छुट दिएको घोषणा गर्नु भएको छ ।  जसबाट श्रेष्ठले  ९ वटा सटरको २७ हजार र ३ वटा सटरको १२ हजार गरी मासिक  ३९ हजार रुपैयाँ अहिलेको अवस्था रहदासम्मका लागि छुट दिइरहने बताउनु भयो ।
आर्थिक अवस्था कमजोर भएको अवस्थामा व्यापारीलाई केही मात्रामा भएपनि सहज होस भनेर घर भाडामा छुट दिएको बताउनु भएको छ ।

अहिलेको विषम परिस्थितिमा व्यापारीहरू धमाधम सटरहरू बन्द गर्नुपर्ने अवस्थामा पुगेकाले उनीहरूलाई व्यापार प्रति लाग्न प्रेरित गर्ने र व्यापारमा टेवा परयाउने उद्देश्यले भाडा छुट गरेको श्रेष्ठ  बताउभयो ।

अहिलेको अवस्था निकै जटिल भएको गुनासो गर्दै उहाँले यो परिस्थितिको सबै मिलेर एक अर्कालाई साथ दिँदै सामना गर्नुपर्ने बेला रहेको समेत बताउनु भयो  । सबै घर धनीले अहिलेको अवस्थालाई मध्यनजर गर्दै आफूले सक्दो सहयोग र भाडामा छुट गर्न श्रेष्ठले अन्य घरधनिलाई आग्रह समेत गर्नु भएको छ ।
अहिलेको कमजोर अवस्थामा व्यापारी, उद्योग व्यवसायलाई साथ दिएमा एउटा पुण्यको काम हुने भन्दै तीर्थ यात्रा गरे समान हुने उल्लेख गर्नु भयो ।