सवारीको ठक्करबाट पाँचथरमा पैदलयात्रीको मृत्यु

0
Shares

पाँचथर ।

फिदिम-इलाम सडक खण्डमा लोबेट ट्रेलरको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ ।

फिदिमबाट राँकेतर्फ जाँदै गरेको  प्रदेश २–०३–००१ ख. ४८०७ नं.को खाली ट्रेलरले फिदिम नगरपालिका-३ लालीखर्कमा ठक्कर दिँदा पैदल 0यात्रुको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ ।

शव पाँचथर अस्पतालको शव गृहमा राखिएको छ । ट्रेलरका चालक र सहचालक फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।