व्यवसायीद्वारा पालिकामा ताला बन्दी



मुगु ।

मुगु जिल्लाको सोरु गाउँपालीकामा व्यवसायीहरु द्वारा ताला बन्दी गरिएको छ । आर्थिक बर्ष २०७८/०७९को बजेटको समापन र नयाँ आ.ब.२०८०/०८१ बजेटकाे बिनियोजन हुँदै गर्दा पालिकाको मूल गेटमा ताला लगायका हुन्।

साेरू गउँपालिकामै रहेका विभिन्न पसल, हाेटेल घरभाडाहरूका कुनै पनि विल भुक्तानी उक्त गाउँ पालिकाले नगरेकाे आ.ब. समापन र नयाँ बजेट बिनियोजन गर्न लाग्दा सम्पुर्ण व्यवसायीहरू मिलि पालिकामा ताला लगाई दिएका हुन ।

सन्जिवनि स्टेशनरी , केपि स्टेशनरि, रक्षा जनरल स्टाेर, रारा ट्रेडर्स , लगायत दर्जनौं पसल , हाेटेल र घर भाडा नतिरेको भनी व्यवसायी गंगे बुढा र बिष्णु शाहीले बताए ।

जब सम्म पालिकाले सम्पुर्ण व्यवसायीहरुको आ.ब.७८ देखि ८० सम्मको भुक्तानी दिदैन तबसम्मका लागि यथास्थितिमै ताला बन्द गरिरहने व्यवसायीले बताएका छन् । गाउँ पालिकको गेटमै ताला बन्दी गरेपछि पालिकाका नियमित कामकाज प्रभावित भयका छन् ।

प्रतिक्रिया दिनुहोस्