मनाङ हेलिकोप्टरको खोजीका लागि हेली पठाइँदै

0
Shares

काठमाडौं । सम्पर्कविहीन मनाङ एयरको हेलिकप्टरको खोजीका लागि तत्काल काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाउने तयारी भएको छ ।

लामजुरा आसपासको क्षेत्रमा खोजीका लागि हेलिकोप्टर पठाउन लागिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलले जानकारी दिए ।

एनएलए–एमभी मनाङ एयरको हेलिकप्टर लुक्लास्थित सुर्केबाट काठमाडौंका लागि उडेपछि सम्पर्कबिहीन भएको थियो ।

हेलिकोप्टोरमा नेपाली पाइलटसहित ६ जना विदेशी नागरिक छन् ।