इंग्ल्यान्डको एशेज उपाधि जिवितै

0
Shares

लन्डन, (एजेन्सी)

इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको एशेज सिरिजअन्तर्गत तेस्रो टेस्ट जितेर उपाधिको आस जिवितै राखेको छ । इंग्ल्यान्डले टेस्टको चौथो दिन आइतबार अस्ट्रेलियालाई ३ विकेटले हराएको हो । योसँगै ५ टेस्टको एशेजमा अस्ट्रेलियाको अग्रता २–१ मा खुम्चिएको छ । यसअघिका दुबै टेस्ट पाहुना टोली अस्ट्रेलियाले जितेको थियो ।

अस्ट्रेलियाले विजयी लक्ष्य २ सय ५१ रनको दिएको थियो । जवाफमा घरेलु टोली इंग्ल्यान्डले ३ विकेटको क्षतिमा लक्ष्य प्राप्त गरेको थियो । इंग्ल्यान्डको छैटो विकेटको रुपमा जोनी बेयरस्टो आउट हुँदा जितको लागि ८० रन आवश्यक थियो । तर, ब्याटर हेरी ब्रूक तथा बलरहरु क्रिस वोक्स र मार्क वुडले इंग्ल्यान्डलाई निरास पारेनन् ।

ब्रूक र वोक्सले सातौं विकेटका लागि ५९ रन साझेदारी गरेर जित नजिक पु¥याएका थिए । ब्रूक ७५ रन बनाएर मिचेल स्टार्कको बलमा आउट भए । यसपछि वोक्स र वुडले अविजित साझेदारी गरेर २ सय ५१ रनको लक्ष्य प्राप्त गरे । वोक्सले ३२ र वुडले १६ रनको योगदान दिएका थिए । वुड प्लेयर अफ द म्याच घोषित भए ।

इंग्ल्यान्डका ब्याटिङमा ओपनर ज्याक क्राउली र ब्रूकको ब्याटिङ जितको लागि भएको थियो । अन्यले भने खासै राम्रो गर्न सकेनन् । अर्का ओपनर बेन डकेट २३ रनमै स्टार्कको शिकार भए । मोईन अलीलाई तेस्रो नम्बरमा पठाएपनि उनको ब्याटबाट ५ रन मात्रै बन्यो । उनी स्टार्कको बलमा बोल्ड भएका थिए ।
यसपछि जोए रुटले २१ रन बनाए भने दोस्रो टेस्टमा शतक प्रहार गरेका बेन स्टोक्सले १३ रनको योगदान दिए । उनले दोस्रो टेस्टमा १ सय ५५ रन बनाएपनि हार स्विकार्नु परेको थियो । यस्तै बेयरस्टो ५ रनमै पभेलियन फर्केका थिए । दोस्रो टेस्टमा उनलाई अस्टे«लियाका खेलाडीले झुकाएर खेल विपरित आउट गरिएको चर्चा भएको थियो ।

यसअघि अस्टे«लियाले पहिलो इनिङमा २ सय ६३ रन बनाएको थियो । इंग्ल्यान्डले पहिलो इनिङमा २ सय ३७ रन बनाएको थियो । अस्टे«लियालाई २६ रनको अग्रता मिलेको थियो । तर, अस्टे«लियाले यसको फाइदा उठान सकेन । दोस्रो इनिङमा अस्टे«लियाको पुरै पल्टनलाई पभेलियन फर्काएर इंग्लिस बलरले २ सय २४ रनमै सीमित पारिदिए । इंग्ल्यान्डका बलरमा ब्रोड र वोक्सले ३÷३ विकेट लिए भने वुड र अलीले २÷२ विकेट हासिल गरेका थिए ।

स्मिथको सयौं टेस्ट निरासजनक

अस्ट्रेलियाका ब्याटर स्टिभ स्मिथको यो करियरको १ सयौं टेस्ट थियो । तर, उनको ब्याटबाट कुनै ठोस योगदान हुन सकेन । पहिलो इनिङमा उनले २२ रन बनाए भने दोस्रो इनिङमा २ रन मात्रै बनाएका थिए । उनलाई पहिलो इनिङमा ब्रोडले आउट गरे भने दोस्रो इनिङमा अलीले आउट गरेका थिए । साथै उनको टोलीले उनलाई उनको १ सयौं टेस्टमा जितको उपहार पनि दिन सकेन ।