स्विटोलीना तेस्रो चरणमा

0
Shares

लन्डन, (एजेन्सी) ।  वाइल्डकार्डमार्फत् प्रतियोगितामा सहभागि भएकी यूक्रेनकी एलीना स्विटोलीना विम्बल्डनको तेस्रो चरणमा पुगेकी छन् । स्विटोलीनाले २८ औं वरियता प्राप्त एलीस मर्टेन्सलाई हराएकी हुन् । कोर्ट टू मा भएको खेलमा स्विटोलीनाले मर्टेन्सलाई ६–१, १–६,६–१ ले पराजित गरेकी थिइन् ।

स्विटोलीनाले शुरुवातदेखि नै दवाव बनाएपनि दोस्रो सेटमा मर्टेन्सले शानदार खेल देखाएर सेट १–१ बराबरीमा ल्याएकी थिइन् । तर, निर्णायक सेटमा भने स्विटोलीनाले मर्टेन्सलाई खेलमा फर्कने कुनै पनि अवसर दिइनन् र नतिजा आफ्नो पक्षमा पारेकी थिइन् । उनले अर्को चरणमा अमेरिकी सोफिया केनिनसँग खेल्नेछिन् ।

यसै वर्षको फ्रेन्च ओपनको फाइनलमा पराजित भएकी कारोलीना मुचोभा भने विम्बल्डनबाट बाहिरिइन् । मुचोभलाई जुली निइमेइरले हराएकी थिइन् । चेक खेलाडी मुचोभाको खुट्टामा चोट परेपछि निर्णायक सेटमा केही गर्न सकिनन् । यो सेट उनले ६–१ ले गुमाएकी थिइन् । जर्मन खेलाडी निइमेइरले पहिलो सेट ६–४ ले जित्दा मुचोभाले दोस्रो सेट ७–५ ले जितेकी थिइन् । निइमेइर गत विम्बल्डनमा क्वार्टरफाइनल सम्म पुगेकी थिइन् ।