अवैध रुपमा अमेरिकन डलरको कारोबार गर्ने व्यक्ति पक्राउ

0
Shares

काठमाडौँ।

अवैध रूपमा अमेरिकी डलरको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले ललितपुरको वहुवहालबाट एक जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने वर्ष ३४ का सनमोहन श्रेष्ठ रहेका छन् । श्रेष्ठको साथबाट १०० दरको अमेरिकन डलर १९८ थानको बरामद गरिएको छ ।

उनलाई विदेशी विनिमय सम्बन्धी कसुरमा थप आवश्यक अनुसन्धान कारबाहीको लागि राजस्व अनुसन्धान विभाग पुलचोक पठाइएको प्रहरीले जनाएको छ।