सल्यान बस दुर्घटना अपडेट : मृतकको संख्या ३ पुग्यो

0
Shares

काठमाडाैं  ।

गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा घाईते  भएका बस धनी महेन्द्र ओलीको मृत्यु भएको छ ।

उनको प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारकाे क्रममा मृत्यु भएको हाे । राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्डको कपुरकोट-३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा१ख ८३४ नम्बरको बसमा बसलाई छुँदा करेन्ट प्रवाह भएको थियो ।

बसभित्र करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै रोल्पाको गंगादेब गाउँपालिका -४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।