शरद गौचनको हत्यामा समीरमान सिंह बस्नेतलाई जन्मकैद

0
Shares

काठमाडौं ।

जिल्ला अदालत काठमाडौंले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोप लागेका समीरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बुधबार बस्नेतलाई जन्मकैदको फैसला सुनाएको हो।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा उनलाई यसअघि नै दोषि रहेको ठहर गरेको थियो। सजाय निर्धारण बुधबार भएको हो।

अदालतले उनीसहितका अभियुक्तहरुलाई दोषी ठहर गरेको छ। हत्याका मुख्य योजनाकार भनिएका बस्नेत र काले भन्ने अम्बरबहादुर रानालाई जन्मकैदको फैसला सुनाइएको छ। हत्या गर्नका लागि गोली हान्ने लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैदको फैसला भएको छ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको २०७४ असोज २३ गते काठमाडौंको प्रयागचोकमा गोली प्रहार गरी हत्या भएको थियो।