सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २ गम्भीर

0
Shares

सल्यान । 

सल्यानमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन् ।

जिल्लाको बागचौर नगरपालिका १० पिपलनेटाका अन्दाजी ५० वर्षीय लाल बहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बुधबार बिहान बागचौर नगरपालिका २ थारमारे बजारबाट वडा न १ ठिन्वाङ जिउला जाँदै गरेको रा १ त ३२६३ नम्बरको ट्याक्टर ठिनवाङ खोलामा दुर्घटना भएको थियो ।

दुर्घटनामा ट्याक्टर चालक सहित ३ जना गम्भीर घाइते भएका थिए । गम्भीर घाइते मध्येका वि.कलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएकोमा बाटोमा नै मृत्यु भएको जिल्ल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो ।

दुर्घटनामा परी गम्भीर घाइते बागचौर नगरपालिका १ गैरावेदका ट्याक्टर चालक २४ वर्षीय युवराज रोकायको नेपालगञ्ज र शोही ठाउँका ४५ वर्षीय कालि बहादुर बस्नेत सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको उहाँको भनाई छ । ट्याक्टर सडकबाट एक सय मिटर तल खसेको थियो ।