राष्ट्रियसभामा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

0
Shares

 काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले सरदार प्रितम सिंह पटक-पटक भारत गएर आफूलाई प्रधानमन्त्री बनाएको भन्ने प्रचण्डको अभिव्यक्ति मुलुकको सावैभौमिकताविपरीत रहेको भन्दै राजीनामा माग्ने निर्णय गरेको सांसद ठाकुर गैरले बताए।

सरदार प्रितम सिंहको किताब विमोचनमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सार्वभौम संसद्को मर्यादाविपरीत रहेको निष्कर्ष निकाल्दै राजीनामा माग्ने निर्णय गरेको गैरेको भनाइ थियो।