निष्पक्ष निर्वाचनको शंकाको घेरामा एनआरएनए अमेरिका

0
Shares

काठमाडौं ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको निर्वाचन निष्पक्ष हुनेमा परिषदका सदस्यले शंका व्यक्त गरेका छन् ।

निर्वाचन अघि नै सम्पन्न भइसकेको मुखाकृति प्रमाणीकरण अर्थात् ‘फेस भेरिफिकेशन’ प्रक्रियालाई रोकेर पुरानै प्रणालीमा निर्वाचन गर्ने निर्वाचन आयोगको तयारी सार्वजनिक भएसंगै परिषदका अधिकांश सदस्यले निर्वाचन निक्ष्पक्ष नहुनेमा आशंका व्यक्क्त गरेका हुन ।

परिषदले यस अघि मुखाकृति प्रमाणीकरण अर्थात् ‘फेस भेरिफिकेशन’ प्रणालीको आधारमा सदस्यता वितरण गरेको थियो । जसको मुख्य कारण मुखाकृति प्रमाणीकरण अर्थात् ‘फेस भेरिफिकेशन’ प्रणाली मार्फत निर्वाचन गराउने परिषदले सवै सदस्यहरुलाई जानकारी गराएको थियो ।

तर निर्वाचन नजिकिंदै जाँदा निर्वाचन आयोगले विभिन्न कारण देखाउँदै पुरानै शैलीमा निर्वाचन गर्ने तयारी गरेको छ । आयोगको उक्त तयारी देखेपछि डा. अर्जुन बन्जाडे समूहले असंतुष्टि व्यक्क्त गर्दै आइरको छ । डा. बन्जाडे समूहले भोली पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

तर आयोगले भने निष्पक्ष चुनाव गराउने जिकिर गर्दै आएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आसन्न निर्वाचनमा तीन वटा समूहले आयोगमा छुट्टा छुट्टै उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन समूहका तर्फबाट दिल पराजुलीको समूहलाई प्रतिस्पर्धा गर्न डा. अर्जुन बन्जाडे र सुमन थापाको समूह चुनावी मैदानमा उत्रिएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मा हाल १२ हजार ९०४ जना सदस्य छन् ।