प्रधान सेनापति र पाकिस्तानका राजदूतबीच शिष्टाचार भेटर्वाता

0
Shares

काठमाडाैं ।

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र पाकिस्तानका राजदूत अबरार हुसैन हाशमीबीच जङ्गी अड्डामा बुधबार शिष्टाचार भेटर्वाता भएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटर्वातामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।