काठमाडौं ।
काठमाडौँ महानगरपालिकाले ६५ जना नगर प्रहरीको माग गरेको छ । महानगरले बुधबार सूचना प्रकाशित गरेर सैन्य पदको वैकल्पिक सूचीमा रहेकाहरुलाई करारमा नगर प्रहरीमा लिने जनाएको छ ।
महानगरले प्रकाशन गरेको सूचनामा भनिएको छ, ‘सैन्य पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रम अनुसारको नामावली लागतमा रहेका मध्येबाट तोकिएको अवधिमा प्राप्त निवदेनहरुमा सोही सूचीको योग्यता क्रम अनुसार करारमा भर्ना गरिन्छ ।’
सूचना प्रकाशित भएको १५ दिनभित्र नागरिकता, प्रवेश पत्रको प्रतिलिपि सहित प्रशासन विभागमा निवेदन बुझाउन सकिने महानगरले जनाएको छ ।












प्रतिक्रिया