आज बस्ने राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुँदै

0
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (बुधबार)का लागि आह्वान गरिएको छ । संघीय संसद् भवन, नयाँबानेश्वरमा उक्त बैठक बस्नेछ ।

बैठक दिउँसो २ः३० बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा विनियोजन २०८०/८१ माथि मन्त्रालयगत छलफल हुनेछ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रबिद्यि मन्त्रालय, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र खानेपानी मन्त्रालयमाथि छुट्याइएको बजेटमाथि छलफल हुनेछ ।