उत्कृष्ट खेलाडी रितेशको विमा



हेटौंडा । सानिमा लाइफइन्स्योरेन्स कम्पनीले तेस्रो मेयर कप वडास्तरीय फुटबल प्रतियोगिताका उत्कृष्ट खेलाडीको ५ वर्षे विमा गरेको छ ।

जेठ १५ देखि २७ गतेसम्म हेटौंडा–५, पिप्लेक्याम्पा रंगशालमा सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित हेटौंडा–१५ का रितेश श्रेष्ठको कम्पनीले ५ लाखबराबरको विमा गरेको हो । प्रतियोगिता सञ्चालनका क्रममा कम्पनीले उत्कृष्ट खेलाडीको विमा गर्ने घोषणा गरेअनुसार मंगलबार विमापत्र हस्तान्तरण भएको हो ।

कम्पनी हेटौंडा शाखाका प्रमुख अजय फुया“लले वीमित रितेशको खेलकुद करियरका लागि हौसला मिलोस भन्ने उद्धेश्यले ५ लाखबराबरको ५ वर्षे टर्मलाइफ (विमा) इन्स्योरेन्स गरिएको बताए । विमाबाट रितेशले खेलका क्रममा हुने दुर्घटनावापत् रकम पाउने बताइएको छ ।

उपमहानगरमा भएको विमालेख हस्तान्तण कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामाले सामाजिक भूमिकामा निजी क्षेत्र लाग्नु खुशीको कुरा भएको बताइन् । उपमहानगरपालिका खेलकुद क्षेत्र विकासका लागि लागिरहने बताउ“दै चालु वर्ष ६ करोड भन्दा बढी रकम विनियोजन गरिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्