सुटिङका क्रममा शाहरुख खान घाइते

0
Shares

काठमाडौं ।

अमेरिकामा सुटिङका क्रममा बलिउड अभिनेता शाहरुख खान घाइते भएका छन् । उनको नाकमा चोट लागेको छ । अमेरिकाको लस एन्जलसमा दुर्घटनामा परेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो।

लस एन्जलसमा भएको सुटिङ क्रममा उनको नाकमा चोट लागेपछि नाकबाट रगत बग्न थालेको थियो । चोटका कारण रगत बगेपछि अस्पताल लगिएको हो ।

अहिले आफ्नो घर मन्नत फर्किसकेका उनी स्वास्थ्यलाभ गरिरहेका छन् । दुर्घटनापछि शाहरुखलाई नाकमा पट्टी बाँधेको देखाइएको थियो ।