हरिगाउँका ४३ घरमा धारा जडान स्थानीयलाई राहत 



लमजुङ  । 

पूर्वी लमजुङको दोर्दी गाउँपालिका वडा-६ हरिगाउँका ४३ घरमा एक घर एक धारा जडान भएको छ । उक्त क्षेत्रमा विद्यमान खानेपानी समस्या हल गर्न गोर्खा वेल्यफेयर ट्रष्टको सहयोगमा एक घर, एक धार खानेपानी आयोजना निर्माण गरिएको हो ।

आयोजना अन्त्रगत उक्त गाउँका ४२ घरधुरी र एक सामुदायिक भवनमा शुद्ध खानेपानीका लागि एक घर एक धाराबाट हाल गाउँमा रहेका २ सय ७४ जनसंख्या लाभान्वित भएको गोर्खा वेल्यफेयर ट्रष्टका आयोजन प्रबन्धक बेलबहादुर गुरुङले बताउनु भयो ।

उक्त खानेपानी आयोजना निमार्णका लागि गोर्खा वेल्फेयर ट्रष्टको कुल लागत ३० लाख ४० हजार पाँच सय १३ रुपैयाँ ४२ पैसा रहेको छ । गाउँपालिकाको चार लाख २३ हजार ६ सय ७८ रुपैयाँ लगानी भने उपभोक्ताको श्रमदान पाँच लाख ८७ हजार दुई सय ६२ रुपैयाँ ५४ पैसा रहेको गोर्खा वेल्फेयर ट्रष्टका आयोजन प्रबन्धक गुरुङले जानकारी दिनुभयो ।

निर्माण सम्पन्न खानेपानी आयोजनाको एक कार्यक्रमकाबिच गोर्खा वेल्फेयर ट्रष्टका आयोजना प्रबन्धक बेल बहादुर गुरुङले गाउँपालिका अध्यक्ष युवराज अधिकारी र खानेपानी उपभोक्ता समितिका अध्यक्ष विराज गुरुङलाई हस्तान्तरण गर्नुभएको हो ।
पुराना सार्वजनिक धारामार्फत खानेपानीको उपभोग गर्दै आएका हरिगाउँका स्थानीयले अहिले एक घर एक धाराबाट आँगनमै नियमित खानेपानीको सुविधा पाएका छन् ।

आयोजना निमार्णका लागि गोर्खा वेल्यफेयर ट्रष्ट, स्थानीय तह र उपभोक्ता समितविच २०७९ चैत १४ गते त्रिपक्षिय सम्झौता भएको थियो । गोर्खा वेल्फेयर ट्रष्ट र उपभोक्ताको लागत साझेदारीमा दोर्दी गाउँपालिकाकै वडा नंं ४,६,७ र ८ पनि खानेपानी आयोजना निमार्ण सम्पन्न भइसकेको छ । नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन लमजुङको दोर्दी सहित देशभर विभिन्न १४ पालिकामा गोर्खा वेल्फेयरले उपझोक्ताको साझेदारी एक घर एक धारा खानेपानी अयोजना निमार्ण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्