बडिबिल्डर लिन्डनरको नसा फुटेर मृत्यु

0
Shares

बर्लिन, (एजेन्सी) । जर्मनीका चर्चित बडिबिल्डर जो लिन्डनरको मस्तिष्कको नसा फुटेपछि मृत्यु भएको छ ।

३० वर्षिय लिन्डनर बलिविल्डर खेलमा ‘जोएस्थेटिक्स’ नामले समेत परिचित थिए । लिन्डनरको निधनको बारेमा उनकि प्रेमिका निचाले इन्स्टाग्राम लेखेकि छिन, लिन्डरले तीन दिन पहिले आफ्नो गर्धन दुःखेको बताएका थिए । तर, उक्त कुरालाई आफुले सामान्यरुपमा लिंदा यस्तो दुर्घटना भयो । अचानक उनको मस्तिष्कको नसा फुटेर मृत्यु भयो ।

साथै नीचाले आफ्ना प्रशंसकहरुका सामू लेन्डरको कडा मेहनति र अविश्वनिय व्यक्तित्व भएको भन्दै सधैं याद गर्न अनुरोध समेत गरेकि छिन् । लिन्डनरले छोटो समयमै विश्वस्तरका उपाधि जितेर सनसनी फैलाउन सफल भएका थिए । लिन्डनरको इन्स्टाग्राममा ८५ लाख फोलोअर्स र युट्युबमा ९ लाख ४० हजार सब्स्क्राइबरहरु रहेका छन् । उनी सामाजिक सञ्जालका माध्यमबाट ब्यायामसम्बन्धि टिप्स र तरिकाकाहरु बताउने गर्थे ।