मोरङको नाकाबाट भित्रिएको चिनी झापामा बरामद



भद्रपुर । मोरङको सीमा नाकाबाट तस्करीको माध्यमबाट नेपाल भित्र्याइएको १० बोरा चिनीसहित एउटा अटो ट्याम्पो झापाको दमकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विशेष सूचनाको आधारमा मोरङको सिजुवा हुँदै आमवारिबाट झापाको दमकतर्फ आउँदै गरेको मे १ ह ५८५१ नम्बरको अटो ट्याम्पोलाई चेकजाँच १० बोरा अवैध चिनी बरामद गरेको प्रहरीले जनाएको छ ।

सो चिनी मोरङका चतरामुनि र चुनिमारी सीमा नाकाबाट भन्सार छलेर भित्राइएको प्रहरीको भनाइ छ ।

प्रहरीले चिनी लोड भएको अटो ट्याम्पोलाई पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दमक नगरपालिका ९ स्थित चिया दोकान नजिकैबाट नियन्त्रणमा लिएको जिल्लाका डिएसपी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

५० केजीको दरले १० बोरा चिनी ३५ हजार र अटो ट्याम्पोलाई ३ लाख गरी ३ लाख ३५ हजार मूल्याङ्कन तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेकोे उनले बताए ।

प्रतिक्रिया दिनुहोस्