स्व.दुर्गाबावु पाठक स्मृती संगीत पुरस्कार अर्जुन झालाई 



काठमाडौं  । 
सशस्त्र प्रहरी निरीक्षक स्व.दुर्गाबावु पाठको स्मृतीमा स्थापित ‘दुर्गाबावु पाठक स्मृती संगीत पुरस्कार’ नेपाल एपीएफ स्कुलको कक्षा ९ मा अध्ययरत छात्र अर्जुन झा लाई प्रदान गरिएको छ ।
आइतबार सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सवको अवसर पारेर  संघकी केन्द्रिय अध्यक्ष अनिता लामिछाने अर्यालले  झा लाई  पुरस्कार  प्रदान गरेकी हुन् ।
यसअघि उक्त पुस्कार आशिष रोकाया, साइजित पाण्डे र अनिष थापालाई प्रदान गरिएको थियो । यस बर्ष संगीत तर्फ कोहि नभएका कारण सो विद्यालयमा कक्षा ९ देखि १२ सम्मको चित्रकला प्रतियोगितामा प्रथम हुन सफल झा लाई सो पुरस्कार प्रदान गरिएको हो ।
स्व. पाठको स्मृतीमा सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका सहकर्मीहरुद्धारा सामुहिक रुपमा अक्षयकोष स्थापना गरिएको थियो ।
कोषमा जम्मा भएको रकमको ब्याजबाट हरेक वर्ष सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सवमा सो पुरस्कार नेपाल एपीएफ स्कुलमा अध्ययनरत संगीततर्फ प्रथम हुने छात्र तथा छात्रालाई प्रदान गरिँदै आएको सो ब्याचका डिएसपी शैलेन्द्र थापाले जनकारी दिए ।
सानैदेखि गीत संगीतमा रुचि राख्ने स्व। पाठकले ‘पंक्षी र निन्द्रा लाग्दैन’ एल्बम बजारमा ल्याईसकेका थिए ।  यसअघि उनी २०६०-६१ सालमा चितवनमा सम्पन्न सिनर्जी राईजिङ् स्टारको उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए भने भने आठौं कालिका म्यूजिक अवार्डमा वेष्ट आर्टिष्टको उपाधी समेत हात पारेको थिए ।
गीत लेख्ने, संगीत दिने र आफैँ गाउने क्षमता भएका स्व। पाठकको प्रतिभालाई अमर राख्नको लागि उक्त अक्षयकोष स्थापना गरिएको थापाले जानकारी दिए । कर्तव्य पालनाको सिलसिलमा २०७२ चैत्र २८ गते धादिङ्गको मलेखुमा सडक दुर्घटनामा परि उनको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्