नारायणगढ–मुग्लिन सडककाे पहिरो सफा गर्न समय लाग्ने

0
Shares

काठमाडौं ।

नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले थप पहिरो नखसे केही घण्टापछि सडक सफा गर्न सकिने बताएका छन् । पहिरोको एउटा ढिस्को नै झरेकाले पन्छाउन समय लागेको उनको भनाई छ ।

अर्को ढिस्को पनि खस्ने अवस्थामा छ, पौडेलले भने । सो स्थानमा बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ । छिनछिनमा पहिरो खस्दा यातायात अवरुद्ध हुँदै यात्रुहरुकाे आवतजावतमा सास्ती भएको छ ।