पाँच दिनदेखि बस्न नसेकेको वागमती प्रदेशसभाको बैठक आज बस्दै, दलहरूबीच सहमति हुनेमा आशंका

0
Shares

हेटौडा । वागमती प्रदेशसभाको बैठक बस्दैछ ।

प्रदेशसभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे बोलाइएको छ ।

गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०÷८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न रहने वागमती सरकारले जनाएको छ ।

सो बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध गरेपछि ३ दिनका लागि स्थगित गरिएको थियो । उनीहरूले विनियोजन बजेट सन्तुलित नभएको आरोप लगाउँदै आएका छन् ।

तर, आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारू गराउने योजनामा भने सरकार प्रतिबद्ध रहेको देखिएको छ ।