श्री एयरलाइन्सका सबै उडान किन गरियो स्थगित ?



काठमाडौं । आज श्री एयरलाइन्सका सबै उडान स्थगित हुने भएका छन् ।

श्री एयरलाइन्सले आज (आइतबार)का लागि पूर्वनिर्धारित सबै उडानहरू स्थगित गरेर विमान परीक्षण गर्ने भएको हो ।

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिबार जारी गरेको प्रेस नोट अनुसार आइतबारका सबै उडान स्थगित गरिएको छ ।

उनका अनुसार श्री एअरलाइन्सका सबै उडान स्थगित गरी आइतबार दिनभर कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको छ ।

सोमबारदेखि भने सबै उडान नियमित रुपमा सञ्चालन हुनेछन् ।

शनिबार काठमाडौंबाट धनगढीका लागि दिउँसो ३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या आएको थियो ।

जसकारण धनगढी उडेको सो विमान पुनः काठमाडौं नै फिर्ता गरी अबतरण गराईएको थियो ।

सो घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय लिएको श्री एअरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्